पोखरामा नाजिरको ‘कुरूप हाँस’

- मेराेफिल्म

नाजिर हुसेनको निर्देशन तथा अभिनय रहेको नाटक ‘द अग्ली डकलिङ’ (कुरुप हाँस) असार १ गतेदेखि ३ गतेसम्म ३ दिन पोखरामा मञ्चन हुने भएको छ । पोखरा गैह्रापाटनस्थित पोखरा थिएटरमा बिम्बात्मक नाटक कुरुप हाँसको प्रदर्शन हुनेछ ।

डेनमार्कका लेखक ह्यान्स क्रिश्चियन यान्डरसनको ‘अग्ली डकलिङ’को कथामा आधारित नाटकको परिकल्पना नाजिरले गरेका हुन् । यस नाटकमा नाजिर हुसेन लगायत मिलन कार्की, बिनिता गुरुङ, किरण श्रेष्ठ, विक्रम श्रेष्ठ, विजया कार्कीको अभिनय रहेको छ ।

२०७५ जेठ २९ गते १३:३९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *