चि मुसी चीको ‘ए कान्छा’ सार्वजनिक

श्रावण ११ गते रिलीज डेट रहेको फिल्म ‘चि मुसी चि’को दोस्रो गीत ‘ए कान्छा’ सार्वजनिक भएको छ । गीतलाई नेपाल आईडलबाट चर्चामा आएकी सुजाता पान्डेले स्वर दिएकी छन् । सन्तोष पोखरेलको शब्द र करण राज कार्कीको संगीत रहेको गीतको भिडियोमा नायिका नम्रता सापकोटाले कम्मर मर्काएकी छन् । गीतको भिडीयोमा नायक सुनिल क्षेत्री र अर्की नायिका एलिशा शर्मा पनि हेर्न सकिन्छ । कारियोग्राफी बिक्रम स्वाँर रहेका छन् ।

म्यूजिकल थ्रिलर जनरामा निर्मित फिल्म चि मुसी चीलाई निर्देशक दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ ।

बासु न्यौपानेले खिचेको फिल्ममा भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्कीको प्रस्तुती रहेको छ । फिल्ममा सुरज अधिकारीको संगीत रहेको छ ।