प्रियंकाकै बाटोमा स्वस्तिमा र बर्षा

प्रियंका कार्की लोभी छिन् । यही लोभले उनलाई जस्तो पनि फिल्म, जस्तो पनि भूमिका खेल्न अग्रसर गराएको हो । प्रियंकालाई आफू कुन पोजिसनमा छु भन्ने नै थाहा छैन । हावादारी फिल्म खेल्दा उनको स्टार भ्यालू गुमिरहेको छ ।

प्रियंका ब्रान्डको लोभी बन्दा तल तल झर्दैछिन् । अब, प्रियंकाकै बाटोमा २ अभिनेत्री स्वस्तिमा खड्का र बर्षा राउत पनि लागेका छन् । फिल्म ‘छक्का पन्जा २’मा प्रियंका, बर्षा र स्वस्तिमाको गतिलो रोल थियो । तिनै जना आफ्नो भूमिकाबाट सन्तुष्ट थिए ।

तर, छक्का पन्जा ३ मा भने निर्माता दिपकराज गिरीले यी तिनलाई विभिन्न कारण दिदै साइड लगाइदिए । प्रियंका विशेष भूमिकामै खुम्चिन तयार भइन् । उनी यहा लोभी बनिन् ।

दिपकले फ्रेस अनुहार चाहिएको भन्दै दिपिका प्रसाइलाई भित्राए । दिपिकाको छक्का पन्जा ३ मा हालिमुहाली हुनेछ । तर, दिपकले वास्ता नगरेका स्वस्तिमा खड्का र बर्षा राउतलाई पनि छक्का पञ्जाको ब्रान्डको लोभले छाडेन । उनीहरु दुबै जना एउटै गीतमा भएपनि देखिन तयार भएका छन् । राजधानीमा नै यो गीत खिचिनेछ । बर्षा, स्वस्तिमा गीतमा नाच्नेछन् । फिल्ममा उनीहरुलाई यति एउटा गीतमा सिमित बनाइएको छ ।

छक्का पञ्जा २ मा एउटा गीतको लोभ गर्दा कलाकार विल्सन विक्रम राइलाई रुनु न हास्नु भएको थियो । हलमा त उनले नाचेको गीत आधा पनि देखाइएन । बर्षा र स्वस्तिमा जस्ता स्टार बन्ने बाटोमा हिडेका अभिनेत्रीहरुको यो ब्रान्ड लोभले उनीहरुलाई फाइदा गर्ला र ?