‘मेरी मामु’मा आयुव की आमा कुसुम

प्रेम गीत २ निर्माता सन्तोष सेन यतिबेला आफ्ना ६ बर्षका छोरा आयुवलाई फिल्ममा डेब्यु गराउँदै छन, लिड रोलमा । आयुवको मुख्य भूमिका रहने फिल्मको नाम ‘मेरी मामु’ जुराइएको छ । मेरी मामुमा आयुवकी मामुको खोजी भैरहेकोमा निर्माता सेनले लण्डन निवासी थिएटर एक्टर कुसुम गुरुङलाई फिल्ममा अनुबन्ध गरेका छन ।

कुसुम आयुवकी आमाको भूमिकामा फिल्ममा रहनेछिन । उनको यो डेब्यु फिल्म हो । आसुसेन फिल्मसको ब्यानरमा बन्ने चौथो फिल्म मेरी मामुका निर्माता समेत आयुव नै हुन । कुसुम र आयुवको मुख्य भूमिका रहने फिल्मका अन्य कलाकारहरु भने फाइनल हुनै बाँकिछ । फिल्म असार ३ गतेबाट फ्लोरमा जानेछ भने भदौमा रिलिज गर्ने तयारीमा निर्माण यूनिट लागेको छ । बाल मनोविज्ञानमा आधारित रहेर बन्ने फिल्मलाई याम थापाले निर्देशन गर्नेछन् ।