‘ट्वाइलेट एक प्रेम कथा’को चीनमा दमदार ओपनिंग

अक्षय कुमारको फिल्म “ट्वाइलेट एक प्रेम कथा” भारत पस्चात अब चीनमा प्रदर्शनमा आएको छ । फिल्मले चीनमा ओपनिंग वीकेन्डमा नै कमालको कमाई गरेको छ । तीन दिन भित्र फिल्मले ६१.०४ करोड रुपैँया कमाईसकेको छ । फिल्मले अहिले सम्मकै सबभन्दा ज्यादा कमाई गरेर रेकर्ड बनाएको हो । फिल्मले शुक्रबार २.३५ मिलियन डलर, शनिवार ३.३५ मिलियन डलरको कमाई गरेको छ । कुल कमाई ९.०६ मिलियन डलर यानीकी ६१.०४ करोडको ब्यपार गरेको छ ।

एक घरेलु बिषय मानिएकोले फिल्म नचल्ने आशंका गरिए पनि फिल्मको कमाईलाई हेरेर यस्तो लाग्छ कि चीनका दर्शकले फिल्मलाई एकदमै मन पराएका छन् । यो भन्दा पहिला पनि आमिर खानको फिल्म दंगल र सीक्रेट सुपरस्टार, इरफान खानको फिल्म हिन्दी मीडियम, सलमानका बजरंगी भाईजान जस्ता फिल्मले चीनिया बक्स अफिसमा राम्रो कमाई गरिसकेका छन् ।