‘जय भोले’को पहिलो गित ‘उम्लियो भने पोखिन्छ’ सार्वजनिक

फिल्म जय भोलेको पहिलो गित ‘उम्लियो भने पोखिन्छ’ सार्वजनिक भएको छ । लोक फ्लेभरको उक्त गितमा शब्द संगीत तथा स्वर राजन राज सिवाकोटीको रहेको छ भने उनलाई स्वरमा गायिका मेलिना राईले साथ दिएकी छिन ।

बशन्त श्रेष्ठको कोरियोग्राफी रहेको गितको भिडियोमा मुख्य रुपमा नायक सलोन बश्नेत र नायिका स्वस्तिमा खड्का प्रस्तुत छन भने फिल्मका अधिकांश कलाकार फिचर गरिएका छन ।

कमेडी जनराको ‘जय भोले’मा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धी तामाङ्, सलोन बस्नेत, अशोक शर्मा, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, जय नन्द लामा, सुर्बिर पण्डित, सार्दा गिरी, रामचन्द्र अधिकारि, किशोर भण्डारी, सुरेन्द्र के.सी लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म अशोक शर्माले निर्देशन गरेका हुन ।

एए ग्रुप अफ कम्पनिजको प्रस्तुती रहेको जय भोलेलाई किरन शर्मा, कृति शर्मा, अन्कित शर्मा लगायतले संयुक्त रुपमा निर्माण गरेका हुन । फिल्ममा बसन्त श्रेष्ठको कोरियोग्राफी, राजन राज सिवाकोटीको संगीत, वान नेपाल स्टन्ट टिमको द्वन्द, राजु ढुंगानाको सम्पादन र पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको छ । फिल्ममा कथा खगेन्द्र लामिछानेको रहेको छ । यही आउदो दशैँमा फिल्म प्रदर्शनमा आउनेछ ।