मण्डलामा ‘झिमिक झिमिक झ्याप्प’

थिएटर भिलेज र थेम्स ईन्टरनेशनल कलेजको सहकार्यमा मण्डला थिएटर अनामनगरमा नाटक ‘झिमिक झिमिक झ्याप्प’मञ्चन भैरहेको छ । नाटक बेलायती नाटककार पिटर स्याफरको ‘ब्ल्याक कमेडी’मा आधारित यो नाटकको निर्देशन दीलिप रानाभाटले गरेका छन् ।

आफ्नी प्रेमिकाको बाबूलाई ईम्प्रेस गर्नको लागि एउटा युवा कलाकारले साथीको कोठाबाट दुर्लभ र महगा समाग्री चोरेर ल्याउँछ । उसको घरमा एक्कासी बत्ती जान्छ । त्यसपछि नाटकमा जे जति घटना घट्छन्, ती सबै अँध्यारोमै घट्छन् । मान्छेका सम्बन्धमा देखिने खोक्रोपना र त्यसमा समाज र राजनीतिको भुमिका बारे नाटकमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

नाटकमा आयुष्ना गिरी, एच के अधिकारी, प्रशंसा पौडेल, सन्देशले मोटे शाक्य, आयुष्मान प्याकुरेल, प्रस्तुति भट्टराई, श्रवण कुमार राना र बिपिन रिमालको अभिनय रहेको छ । नाटकमा साजन कुमार सुनुवार र सुशान श्रेष्ठ निर्देशन सहयोगीको रुपमा रहेका छन् । असार ३ सम्म नियमित मन्चन हुने नाटक दिलिप रानाभाट र आलोक लम्सालले नेपाली अनुवाद गरेका हुन् ।