‘सञ्जु’को एक सिनलाई लिएर सेन्सर बोर्डलाई पत्र

- मेराेफिल्म

सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ प्रदर्शनमा नआउँदै एउटा सिनका कारण फिल्ममा विवाद उत्पन्न भएको छ । ट्रेलरमा समेत समावेश गरिएको उक्त सिनमा सञ्जय दत्त जेलभित्रको शौचालयमा छन् ।  सामाजिक कार्यकर्ता पृथ्वी मास्केले भारतीय सेन्सर बोर्डमा उक्त सिन हटाउन माग गर्दै पत्र लेखेका छन् । यस्ता सिनले भारतीय जेलहरुको छवि विगार्ने उनको दावी छ ।

विवादास्पद छविका नायक सञ्जय दत्तको जीवनका धेरै रहस्यहरुलाई यो फिल्मले उद्घाटित गर्नेछ । तर, फिल्म प्रदर्शनमा आएपछि विवादमा मुछिने सम्भावना पनि उत्तिकै प्रबल छ । यद्यपि, निर्देशक राजकुमार हिरानी भने फिल्मलाई लिएर उत्साहित छन् ।

२०७५ जेठ ३० गते १९:०० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *