श्रावण २५ मा फिल्म ‘टिनएज’

फिल्म ‘टिन एज’ श्रावण २५ गते बाट प्रर्दशनमा आउने भएको छ । नेपाल अघि जापान र कोरियामा प्रर्दशन हुने फिल्ममा नरेश बिर सिंह , प्रतिक्षा खड्का , एन्जीला खड्गी , कृष्ण सिवाकोटि , सरिता राजभण्डारी , सरोज शाह , निर्मल स्याङतान , रेशम फिरिरी लगायतको अभिनय रहेको छ ।

फिल्ममा बिकाश चौधरी र बसन्त सापकोटाको संगित रहेको छ भने डा कृष्णहरी बराल, हरी उप्रेती र सबिना केसिको गीत रचना रहेको छ । दुइ दशक देखि फिल्म क्षेत्रमा सक्रिय दिनेश पाख्रिनले फिल्म निर्देशन गरेका हुन् । हेलेन पाख्रिन फिल्मस्को व्यानर तथा हेलेन पाख्रिनको प्रस्तुती फिल्म टिनएजलाई बिरु मगर , बुद्धिमान स्याङतान , निमाया पाख्रिन र देबिका खड्गीले सयुक्त रुपमा निर्माण गरेका हुन् ।