पारिश्रमिकका कारण खालि हात दीपिका

फिल्म ‘पद्मावत’ पछि बलिउड अभिनेत्री दीपिका पादुकोण फिल्म साइन नगरी बसेकी छन् । दीपिकाले बिवाह गर्न लागेका कारण फिल्म नगरेको हल्ला चलेता पनि उनको चर्को डिमान्डका कारण कुनै निर्माताले पनि उनलाई लिने आँट गरिरहेका छैनन् ।

बलिउडमा ए ग्रेडका नायक र नायिकाको पारिश्रमिकमा ५ देखि ६ गुणसम्म अन्तर छ । दीपिका-कंगना जस्ता नायिकाहरुले १०-१२ करोड लिइरहँदा शाहरुख-सलमानको रेट ५०-६० करोड छ । यसका साथै उनीहरुले फिल्मको मुनाफामा सेयर पनि लिन्छन् ।

अहिले दीपिका आफूकहाँ अफर लिएर आउने निर्मातालाई स्क्रिप्ट हेर्नुभन्दा पहिल्यै पारिश्रमिकको कुरा गर्छिन् । उनको डिमान्ड २५ करोडभन्दा बढी सुनेर निर्माताहरु फिल्म खेलाउन तयार हुँदैनन् । निर्देशक सञ्जय लिला भन्सालीले फिल्म पद्मावतमा हिरोहरुको भन्दा बढि पारिश्रमिक दीपिकालाई दिएका थिए । उनले सो फिल्ममा ११ करोड लिएकी थिइन् । जबकि रणवीर सिंहले ८ करोड र शाहिद कपुरले ४ करोड रुपैयाँ पाएका थिए ।