लगानी नगरी हिरोइन बन्न नसक्ने जान्वी

सपना तिम्रो मेरो फिल्मकी हिरोइन हुन् जान्वी बोहरा । फिल्मको नाम जस्तै उनको सपना पनि स्टार बन्ने थियो । यो फिल्ममा जान्वीले आफै लगानी गरेकी थिइन् । उनको पनि केही प्रतिशत लगानी रहेको सपना तिम्रो मेरो चलेन । फिल्मको प्रचार गर्ने समयमा जान्वी र निर्देशक ऋसिराज आचार्यको आन्तरिक रुपमा आर्थिक कुराका लफडा परेको थियो । जान्ही फिल्मका कार्यक्रममा अंगप्रदर्शन गर्न सिपालु छिन् । भैरे फिल्मको कार्यक्रममा उनको पहिरनले अन्य २ हिरोइन बर्षा सिवाकोटी र सुरक्षा पन्तलाई ओझेलमा पारेको थियो । भैरेमा उनको भूमिका ओझेलमा छ । तर, जान्वीले कामुक पहिरन लगाएर माहोल आफूतिर तान्न खोजेकी थिइन् ।

फिल्म शेरबहादुरमा पनि जान्वी थिइन् । तर, फिल्म चल्दा पनि दर्शक र संचारमाध्यमले जान्वीको नाम वास्ता गरेनन् । मेनुका प्रधान मुख्य हिरोइन रहेको फिल्म चलेन । जान्वीलाई हिरोइन लिन निर्माताहरुले मान्दैनन् । उनले, भैरे र शेरबहादुरमा लगानी गरेको सुनिएन । तर, जान्वीको सपना तिम्रो मेरोको लगानी पनि उठेन । विदेशमा पुगेका तस्बिर फेसबुकमा राखेर रमाएकी जान्वीलाई पूरा हिरोइन हुन अर्को फिल्ममा पनि लगानी गर्नुपर्ने अवस्था छ ? जान्वी फेरि निर्मात्री हिरोइन बन्लिन् कि के गर्लिन् ?