परमिता फिल्ममा भन्दा प्रेममा खुशी


हिरोइन परमिता आर एल राणाको खुशी के होला ? हिरोइन भएपछि फिल्मको सफलता, कामको व्यस्ततामा नै बढी खुशी भइन्छ । तर, परमिताको खुशी यो होइन । हिरोइन राणाको खुशी हुन् उनका प्रेमी । उनी प्रेममा रहेको १ बर्ष भयो । १ बर्षदेखि प्रेममा रहेकी परमिताले आफ्नो प्रेमीलाई आफ्नो खुशी भनेकी छिन् । प्रेमीसँग अंकमाल गर्दै उनले आफ्नो खुशी लेख्नुले पनि अहिले उनी प्रेमको रथमा दौडिएको वुझिन्छ । हिरो आयुष्मान देशराज जोशीसँग प्रेममा रहँदा उनले उनलाई राजा भन्थिन् । तर, राजासँग बाजा बज्न नकेपछि परमिता रन्थनिइन् ।

तर, अहिले प्रेमी पाएपछि उनी आफ्नो सवथोक, आफ्नो खुशी भन्न थालेकी छिन् । परमिताले फिल्म चंगाचेटमा काम गरिसकेकी छिन् भने रोजीको छायांकनमा लागिपरेकी छिन् । तर, उनलाई आफ्नो प्रेमले खुशी मिलेको छ । परमिताको यो खुशीमा आँखा नलागोस् ।