करणकाे फिल्म ‘कलंक’मा साेनाक्षी सिन्हाको इन्ट्री

- मेराेफिल्म

करण जाैहरकाे फिल्म ‘कलंक’मा अभिनेत्री साेनाक्षी सिन्हाको इन्ट्री भएको छ । निर्माण हुनुअघि नै फिल्ममा रहेको जम्बो कलाकार टाेलीका कारण याे फिल्म चर्चामा छ । फिल्ममा सञ्जय दत्त, माधुरी दीक्षित, वरूण धवन, अालिया भट्ट, अादित्य राेय कपुरलगायत फिल्ममा फाइनल भइसकेका छन् ।


अालिया, वरूण, माधुरी र अादित्यका सिनहरूकाे सुटिङ सुरु भैसकेको छ । यसैबीच साेनाक्षी सिन्हाले पनि सुटिङ सेट जोइन गरिसकेकी छिन् ।

सुटिङमा साेनाक्षीकाे अागमनसँगै अालियाले खुसी व्यक्त गरेकी छिन् । अालियाले इन्स्टग्राममा फाेटाे पाेस्ट गर्दै साेनाक्षीलार्इ स्वागत गरेकी छिन् । त्यसाे त साेनाक्षीले बुधबार नै कलंकमा काम गर्न पाउँदा उत्साह बढेकाे भन्दै ट्वीट गरेकी थिइन् ।

सन् १९४० काे सेटअपमा अाधारित फिल्मलार्इ अभिषेक वर्मनले निर्देशन गर्दैछन् । फिल्म २०१९ अप्रिल १९ मा रिलिज हुने सम्भावना छ ।

 

२०७५ जेठ ३१ गते १०:५५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *