स्वस्तिमालाई याद होला, प्रियंकाले खुलेयाम किस पनि गरेकी थिइन्

- मेराेफिल्म

किन एकै दिनमा जुध्ने फिल्ममा काम गर्नुभयो ? पत्रकारले छक्का पन्जा ३ मा काम गरेको बिषयमा प्रश्न सोध्दा हिरोइन स्वस्तिमा खड्का झर्किइन् । उनले, के भो त गर्नै हुन्न भनेर जवाफ दिएकी थिइन् । स्वस्तिमाले एकै दिनमा २ वटा फिल्म रिलिज हुने कुरालाई हिरोइन प्रियंका कार्कीसँग जोडेकी थिइन् । प्रियंका दिदीको एकै दिनमा ४ वटा फिल्म रिलिज हुन्छ, मेरो २ वटा हूँदा के भयो ? स्वस्तिमाको जवाफ थियो ।


स्वस्तिमाले अर्काले गर्न हुने मैले किन नहुने भन्दै अरुको नै सिको गर्न थालेकी छिन् । अर्काको सिको गर्दा स्वस्तिमा र अरु कलाकारमा के फरक भयो र ? प्रियंकाले जे गर्छिन् त्यही गर्नुपर्छ भन्ने छ र स्वस्तिमाले ? स्वस्तिमालाई थाहा छ कि छैन, प्रियंकाले अवार्ड कार्यक्रममा आफ्ना प्रेमीसँग खुल्लम खुल्ला चुम्बन गरेकी थिइन् । स्वस्तिमाले छक्का पन्जा ३ को गीत खेल्नु गलत हो । दर्शक एउटै हिरोइनको २ वटा गीत आउँदा झुक्किन्छन् । तर, उनले प्रियंकाले गर्न हुने मैले नहुने भन्दै उदाहरण दिएकी छिन् । अब, प्रियंकाले गरेका अरु के के काम गर्ने रहिछन् स्वस्तिमाले, हेर्दै जाउ ।

२०७५ जेठ ३१ गते १७:३१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *