रोमियो एण्ड मुनाको ‘भेडेटार घुमौला’ (भिडियो)

फिल्म रोमियो एण्ड मुनाको अर्को गीत ‘भेडेटार घुमौला’ सार्वजनिक गरिएको छ । गीतमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचर्ड छन् । कोशिस क्षेत्रीको संगीत रहेको गीतमा विनय र मिना निरौलाको स्वर रहेकोछ । शब्द दिनेश राउतले लेखेका हुन् ।
यसअघि रोमियो एण्ड मुनाका तीन गीत सार्वजनिक भैसकेका छन् । भेडेटार सहित फिल्मको चार गीत दर्शक तथा श्रोता माझ आइसकेका छन् । अझै फिल्ममा समावेश एउटा गीत सार्वजनिक गर्न बाँकी रहेको निर्माता प्रशन्न गोपालीले बताएका छन् ।

नरेश कुमार केसी निर्देशित फिल्म रोमियो एण्ड मुनामा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरी लगायतको अभिनय रहेको छ । फिल्म प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्म साउन ११ गतेदेखि प्रदर्शनमा औउँदैछ ।