नाँच्न थाले खगेन्द्र

खगेन्द्र लामिछने अब भने फिल्ममा नाच्न थालेका छन । अफ विटका फिल्ममा काम गर्ने कलाकारका रुपमा चिनिन्छन उनी । पहिलो फिल्म ‘बधशाला’ देखि पछिल्लो समय उनले अभिनय गरेको फिल्म ‘जय भोले’ सम्म आइपुग्दा उनी बिरलै मात्र गीतमा प्रस्तुत भएका छन ।
उनले आफ्नो दोश्रो फिल्म ‘टलकजंग भर्सेस टुल्के’को आइटम गीत ‘नाचन मैया’मा केही नाचे जस्तो गरेका छन् तर क्लब गीत भएका कारण उनको नृत्य खासै देखिँदैन । उनी आफै कथा लेख्ने र आफै खेल्ने पनि गर्छन् । बिशेष गरि गहन भुमिका गर्न रुचाउने उनी अहिले भने खुल्न थालेका छन् । बिहिवार फिल्म जय भोलेको गीत सार्वजनिक भयो । उक्त गीतमा खगेन्द्रले फिल्मकी नायिका स्वस्तिमा खड्कासँग कम्मर मर्काएका छन् । नाच्न जान्दिन भन्ने खगेन्द्र यस फिल्मको गीत ‘उम्लियो भने पोखिन्छ’मा भने उनी मजैसँग नाचेका छन् । गीत सार्वजनिक कार्यक्रममा उनले यस बिषयमा खुलेर बोले पनि ।
‘मलाई नाच्न आउँदैन, फिल्मको कुरा हुँदै गर्दा मैले अशोक दाईलाई भनेको थिएँ मलाई यो गीत सितमा नराख्नु है भनेर । तर, पछी गीत छायाङ्कन हुँदा सबै कलाकारले नाचेका छन् ट्राई गर्छु भन्ने भयो र बिषेश गरि स्वस्तिमाको कारणले गर्दा पनि नाचेको थिए अहिले हेर्दा राम्रै नाचेको रहेछु जस्तो लाग्यो’, उनले भने । उनले यो गीतमा १६ बिटमा नाचेका छन् । नृत्यको हिसाबले उनको यो दोश्रो नचाई हो । पहिलो, दोश्रो गर्दै अब भने खगेन्द्र पनि गहन भुमिकासँगै नाच्न थालेका छन् ।

बिहे अघि पूर्व मिस नेपालहरुसँग श्रृङ्खलाले साटिन् खुशी

‘चिठ्ठी’को ‘टुटेको तारा’ गीत सार्वजनिक

‘दान्भी’को फस्टलुकमा मेसिनगन बोकेकी पूजा

दीपक र केदारबिच बाहिरी ब्यानरको एक–एक वटा फिल्म खेल्ने सहमति

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

प्रतिक्रिया