३३ औ जन्मदिन मनाउदा सम्म नम्रताको फिल्मी करियर

२००८ मा रोमान्टिक कमेडी फिल्म ‘सानो संसार’ बाट रीतुको भूमीकामा फिल्मी करियर सुरु गरेकी नम्रता श्रेष्ठले पहिलो फिल्मबाट नै चर्चा बटुल्न सफल भइन् । सानो संसारपछि उनी सुदर्शन थापाको ‘मेरो एउटा साथी छ’ फिल्ममा २००९मा देखा परिन ।

२०१०मा फस्ट लवमा गेस्ट आर्टिस्टको रुपमा साथै एचआइभी एड्स अवेरनेस सर्ट फिल्ममा काम गरिन् । सोहि बर्ष पहिलो पटक नाटक जलपरी मार्फत रंगमन्च इन्ट्री गरिन र २०१२ मा ओलीयन्ना नाटकमा क्यारोलको भूमिका निभाइन ।

२०१३मा आएर फिल्म छड्केमा सौगात मल्ल, दायाहाङ राई, रबिन तामाङ्ग लगायतसंग अभिनय गरिन । समिक्षकको नकारात्मक टिप्पणीका बावजुद फिल्म कमर्सियल्ली सफल बन्न पुग्यो जहाँ उनले लोकल ग्यांगको रिसाहा महिला सोलीको भूमिका निर्वाह गरेकी थिइन् ।

२०१३ मै फिल्म मौन प्रदर्शन भयो अर्पण थापासंग वर्षाको भूमिकामा देखिएकी उनको अभिनय प्रसंसा योग्य रहेको थियो । सन् २०१४मा आर्यन सिग्देलको अपोजिटमा फिल्म नोभेम्बेर रेनमा अभिनय गरिन ।
 
२०१५मा आएर उनलाई फिल्म सोल सिस्टरमा दोहोरो भूमिकामा देखियो जुन फिल्म सुपर फ्लप हुन पुग्यो । पुनः २०१६मा फिल्म क्लासिक तथा होमवर्क मार्फत आर्यनसंगै देखा परिन उनी ।

२०१७ मा फिल्म पर्वमा देखापरेकी उनी २०१८ मा भने २ वटा फिल्म प्रसाद र जायरामार्फत आफ्नो अभिनय दर्शक सामु पस्किदै छिन् । ३३ औ जन्मदिन मनाइरहदा मेरो फिल्मको तर्फबाट उनलाई जन्मदिनको लाखौ लाख शुभकामना ।