फिल्म कस्मिक लभबाट डेब्यु गर्दै रिजन थापा

मोडलिंग हुदै दुइ दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेका मोडल रिजन थापा फिल्म कस्मिक लभबाट फिल्ममा पाइला चल्दै छन् । पछिल्लो समय उनले ओस्कार कलेजबाट फिल्म सम्बन्धी अध्ययन सकेका छन् । ‘म्युजिक भिडियो गर्दै गर्दा धेरै फिल्ममा अफर आए पनि राम्रो स्क्रिप्टको पर्खाइमा थिएँ, कस्मिक लभमा मैले खोजेको क्यारेक्टर पाए त्यसैले यो फिल्म गर्दै छु’, रिजनले भने ।
म्युजिक भिडियो अभिनयमा सफल रिजनको फिल्म यात्रा कस्तो हुने हो त्यो भने फिल्म रिलिज पश्चात थाह हुन्छ । तर कस्मिक लभमा पछिल्लो समयका चर्चित अभिनेताहरु प्रसान्त ताम्राकार, रविन तामांग, अर्पण थापा, दिया मास्के लगायत सङ्ग उनले स्क्रिन सेयर गर्दै छन् । त्यसैले उनको फिल्मी करियरमा पक्कै सुखद सुरुवात गर्न मद्दत मिल्ने छ ।

नाजिर हुसेनः अब्बल अभिनय गर्छन् तर किन चल्दैनन् ?

‘बुलबुल’ निर्देशकको ‘भूठान’मा हरिवंश र दयाहाङ

दिवाकरको ‘मायाबी’को छायांकन सकियो

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया