अब शिल्पा ओझा

प्रेम र बिबाह जति लुकाएपनि लुक्दैन । प्रेम गरेको, बिहे गरेको कुरा लुकाएर पनि फाइदा के त ? वाघ निर्माता छविराज ओझा र हिरोइन शिल्पा पोखरेलको बिबाहको हल्ला लुकाएर लुक्न सकेन । छवि ओझाले जानेरै वा नजानेरै यो कुरा चिप्लाएका छन् ।

छवि ओझाको लगानीमा खुलेको इटहरीको इलाइट सिनेमामा मंगलमको विशेष शो गरिएको छ । आफ्नो हलमा छविले धरानमा रहेकी आफ्नी आमा र ओझा परिवारलाई लिएर पुगेका थिए । छविराज ओझाले सम्पूर्ण ओझा परिवारले मंगलम फिल्म हेरेको भनेका छन् । सम्पूर्ण ओझा परिवार भन्दा छविसँग शिल्पा, उनकी आमा र उनका छोरा साकार ओझा छन् । अन्य आफन्त पनि फोटोमा देखिएका छन् ।

शिल्पाले छविकी आमालाई माया गरेकी छिन् । सम्पूर्ण ओझा परिवारमा शिल्पा पनि अटाएपछि अब शिल्पा ओझा भैसकेको वुझ्न सकिन्छ । होइन भने छविले, सम्पूर्ण ओझा परिवार र मंगलम फिल्मकी अभिनत्री शिल्पाको साथमा भनेर लेख्न सक्थे । तर, उनले सम्पूर्ण ओझा परिवार भनेर शिल्पालाई समेत अटाएपछि यी दुइविच गएको दशैमा बिहेको भएको चर्चालाई मसला मिलेको छ ।

शिल्पा र छवि प्रेममा छन् । उमेरमा धेरै अन्तर भएपनि मन मिलेपछि केही लाग्दैन । शिल्पा छविकी चौथी श्रीमतीको रुपमा उनको घरमा भित्रने तयारीमा छिन् । तर, गोप्य रुपमा उनी शिल्पा ओझा भैसकेकी छन् ।