फिल्म ‘कस्मिक लभ’ घोषणा

- मेराेफिल्म

फिल्म कस्मिक लभको औपचारिक घोषणा गर्दै आज शुभ मुहुर्त गरिएको छ । फिल्मको निर्देशन बि एस बलामी तथा एस अधिकारीले गर्दै छन् ।

फिल्ममा कलाकारहरु प्रसान्त ताम्राकार, रविन तामांग, अर्पण थापा, दिया मास्के लगायतको अभिनय रहने छ । भने फिल्मबाट कलाकार रिजन थापा तथा पूजन थापाले डेब्यु गर्दैछन ।

शेखर ज्ञावालीको कथा रहेको फिल्मका गीतहरुमा आवाज चर्चित गायक रामचन्द्र काफ्लेको रहने छ । मुभी मेकर प्राइभेट लिमिटेडको प्रस्तुति रहेको फिल्म कस्मिक लवका निर्माता जे गौतम रहेका छन् ।

मुभी मेकरले प्रत्येक तिन महिनामा एउटा फिल्म गर्ने गरि १० वटा फिल्म निर्माण गर्ने अनौपचारिक घोषणा समेत गरेका छन् । जस मध्ये ६ फिल्मको नाम दर्ता भैसकेको छ भने बाकी ४ दर्ताको क्रममा रहेको निर्माता जे गौतमले बताए ।

२०७५ असार १ गते १२:३५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *