‘ए सोल्टिनी’ असार १५ बाट हलमा

सविन श्रेष्ठ स्टारर फिल्म ‘ए सोल्टिनी’ को रिलीज डेट तयार भएको छ । निर्दशक निमा लामा तामाङका अनुसार फिल्म असार १५ गतेदेखि अल नेपाल रिलीज हुने छ ।

दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्ममा सविनसँगै अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्वा, अनिता गोले, गंगा रानामगर, शेरबाहादुर थिङ्ग, सम्झना श्रेष्ठ, बिबि रानामगरलगायतका कलाकारहरुले अभिनय गरेका छन् । जिम्बा फिल्मस प्रोडक्सनको ब्यानरमा पूर्णी तामाङ प्रस्तुतकर्ता रहेको ‘ए सोल्टिनी’ प्रेममा आउने समस्याको बारेमा छ ।

कमेडी, लभ, एक्शन तथा सेन्टिमेन्ट सबै कुराले आफ्नो फिल्म भरिपूर्ण भएको निर्देशक निमाले बताए । बिश्वास भण्डारीको छायांकन तथा सम्पादन रहेको फिल्ममा सोमलाल बाईवा र बिनय केटुको संगीत रहेको छ । राज गोलेले द्वन्द निर्देशन गरेको फिल्मको कोरियोग्राफी अभि लामाले गरेका हुन् ।