एक भिलेन २ मा पनि सिद्धार्थ

सिद्धार्थ मालहोत्रा, श्रद्धा कपूर र रितेश खेशमुख स्टारर फिल्म एक भिलेन ले शानदार रेस्पोन्स पाएको थियो । फिल्मको सफलतासँगै  यसको दोस्रो भागको चर्चा हुन थाल्यो । एक रिपोर्ट अनुसार निर्माता एकता कपूर फिल्मको सीक्वेलको काम सुरु गरिसकेकी छन् । फिल्मको लिड एक्टर पनि तयार गरिसकेकी छन् ।

खबर अनुसार एक भिलेनका सीक्वेलको नाम एक भिलेन २ राखिएको छ । एकताले आफ्नो लेबलबाट पुरा तयारी शुरु गरिसकेकी छन् । पहिले फिल्मका लीड एक्टर सिद्धार्थ मल्होत्रा थिए र दर्शकले उनलाई निकै मन पराएका थिए । एकताले सीक्वेलको लागि पनि सिद्धार्थलाई नै चुनेकी छन् । फिल्मको नायिका भने अहिलेसम्म फाइनल भएको छैन ।