अभिषेकको अंगालोमा लिशा (भिडियो)

गायक नारायण धितालको आवाज रहेको ‘अंगालोमा बाधी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक धितालसंगै भारतीय चर्चित गायिका संजीवनीको स्वर रहेको छ भने निरपेश उप्रेतीको शब्द रचना तथा शिखर आर सन्तोषको संगीत सृजना रहेको छ ।

स्कट्ल्यान्डमा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोमा मोडल अभिषेक थापा र लिशा सुनारको अभिनय रहेको छ । मोहन कार्कीको कोरियोग्राफी अनि फौस्तास तलक्काको छायांकन रहेको यस गीतको भिडियोलाई दिपेश रेग्मीले निर्देशन तथा सम्पादन गरेका छ्न ।