दृश्यको प्राण मरिष्का

मरिष्का पोखरेल हाल म्युजिक भिडियो अभिनय तथा निर्देशनमा व्यस्त छिन् । केही समय अघि गायक मुरारी गुरागाईको एक गीतको म्युजिक भिडियो निर्देशन गरेर भिडियो निर्देशनमा डेब्यु गरेकी मरिष्काले अर्को नयाँ भिडियो समेत निर्देशन गरेकी छन् ।

गीतकार होम न्यौपानेको शब्द तथा बिपी वाग्लेको आवाज र संगीत रहेको ‘मेरो प्राण तिमी नै’ बोलको गीतको भिडियोमा मरिष्काको निर्देशन तथा अभिनय हेर्न सकिन्छ । उक्त भिडियोमा मरिस्कासँगै दृश्य सुबेदीको पनि अभिनय छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा नविन भट्टको सम्पादन छ ।