तेरिया मगर ‘मायाको मोल’ मार्फत डेब्यु गर्दै

भारतीय टेलिभिजन सो ‘डीआईडी लिटिल मास्टर’ र ‘झलक दिखला जा सिजन – ९’ की विजेता तेरिया फौजा मगरले अब नेपाली फिल्म गर्ने भएकी छन् । म्याक टेन कालुले निर्माण गर्ने फिल्म ‘मायाको मोल’ मार्फत उनले फिल्ममा डेब्यु गर्न लागेकी हुन् ।

फिल्म उनले बिना पारिश्रमिक गर्ने बताइएको छ । फिल्मका लागि १ महिना समय दिए पनि उनले एक रुपैयाँ समेत पारिश्रमिक नलिने बताएकी छन् ।’ फिल्म ‘मायाको मोल’ मा तेरियालाई सुहाउँदो भूमिका रहेको उनी बताउँछन् । अहिले फिल्मका लागि गीत रेकडिङको काम भइरहेको छ । फिल्मका गीतमा तेरियाका डान्स गुरु सुजन विश्वकर्माको कोरियोग्राफी रहने छ । फिल्मको औपचारिक घोषणा भने हुन बाकी छ ।