प्रियंकाले मागिन १२ करोड

अमेरिकन टिभी शो क्वान्टि ३ सीजन र हलिउड डेब्यू फिल्म बेवाच पस्चात अब एक्ट्रेस प्रियंका चोपडा फेरी बलिउडमा फर्किदै छन् । उनी सलमान खान स्टारर फिल्म भारतमा छिट्टै नै देखिदै छन् । यसपछि उनी ऋतिक रोशन स्टारर फिल्म ‘कृष’ को चौथो सिक्वेलमा पनि देख्ने भएकी छन् । विदेशमा कडा मेहेनत गरेर फर्केकी प्रियंका अब बलिउड प्रोजेक्टहरु गर्ने सोच बनाएकी छन् ।

खबर अनुसार कृष ४ का मेकर्सहरुले प्रियंका चोपडालाई फिमेल लिड रोलका लागि सम्पर्क गरेका थिए । प्रियंकालाई स्क्रिप्ट पनि  मन पर्यो तर उनको भुमिका सशक्त र प्रभावित नभएको प्रियंकाको भनाई रहेको छ । आफ्नो नयाँ प्रोजेक्टलाई निकै नै सोच बिचार पुराएर उनले अली अब्बास जफरको फिल्म भारतको लागि १२ करोड भारतीय रुपैयाँ मागेकी थिईन् । यदि  प्रियंकालाई १२ करोड मिल्यो भने उनी सबैभन्दा ज्यादा रकम लिने एक्ट्रसको लिस्टमा दिपिका बराबरमा हुनेछिन् । दिपीका पादुकोणले फिल्म पद्मावतको लागि १२ करोड रुपैया मोलेको थियो ।