शाहरुखको गीतमा रणवीरको छैया छैया

- मेराेफिल्म

रणबीर कपूर पछिल्लो समय फिल्म सन्जू को प्रमोशनमा व्यस्त छन् । हालै प्रमोशनको लागि रणबीर कपूर एक शोमा पुगेका थिए । यस शो मार्फत रणबीर कपूरको एक डान्स भिडीयो भाईरल भएको  । भिडीयोमा रणबीर कपूर शाहरुख खानको फिल्म ‘दिल से’ को हिट नम्बर छैया छैया… मा डान्स गरिरहेको देख्न सकिन्छ । रणबीर कपूरको यो डान्स भिडीयो भाईरल भएको छ ।

फिल्म ‘सन्जु’को  ट्रेलर र गीत पहिले पनि भाईरल भैसकेको छ । फिल्मलाई फ्यानहरुले लामो समयबाट पर्खिरहेका छन् । फिल्म संजय दत्तको जीवनमा आधारित छ । उक्त फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरेका छन् भने फिल्म २९ जूनमा रिलिज हुने छ ।

२०७५ असार ३ गते २२:१५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *