कसको कब्जामा छन् आकाश ?

हिरो आकाश श्रेष्ठ कसको कब्जामा छन् ? तिमी सँग फिल्मका निर्माता शिशिर राणाले गरेको यो गुनासो अब ड्रिम गर्लमा सर्ने संभावना छ । आकाशले रामकहानी फिल्मका लागि आफ्नो रिलिज हुन लागेको तिमी सँग फिल्मलाई समय नदिएको भन्दै शिशिर रिसाएका थिए ।

शिशिरको आरोप रामकहानी टिमलाई थियो । आकाशले काम गरेको रामकहानी फिल्म भदौ २२ गते रिलिज हुनेछ । असोज १९ गते भने आकाशले काम गरेको ड्रिम गर्ल रिलिज हुनेछ । आकाशले ड्रिम गर्लका निर्माता र निर्देशकको कुरा नसुन्ने गरेको सुनिएको छ । विभिन्न कार्यक्रम र समारोहमा आकाशलाई निर्देशक ऋषिराज आचार्यले बोलाउने गरेका छन् । तर, आकाशले किन जानु भन्दै नपुग्ने गरेको सुनिएको छ ।

आकाश कलाकार अनुपम श्रेष्ठको जन्मदिनमा भने रामकहानीकी हिरोइन पूजा शर्मासँग पुगेर पुरा अवधी बसेका थिए र पूजासँगै बाहिरिएका थिए । तर, उनले ड्रिम गर्लको निर्देशकले बोलाएका कतिपय कार्यक्रममा किन जानु, केका लागि जानु भन्दै नपुग्ने गरेको सुनिएको हो ।

आकाशले ड्रिम गर्ल फिल्म र ब्ल्याक फिल्मलाई समय कति दिन्छन् भन्ने आँकलन गर्न थालिएको छ । तिमी सँगलाई त समय नदिएका आकाशले रामकहानीकै वरिपरी रिलिज हुन लागेका फिल्मलाई समय देलान् त भन्ने पिर ब्ल्याक र ड्रिम गर्लका निर्मातालाई पर्न थालेको छ ।

आकाश आखिर कसको कब्जामा छन् ? उनी कसको निर्णय अनुसार चलिरहेका छन् ?