दोश्रो ओएसनेपाल म्युजिक अवार्डको टप ५ मनोनयन सार्बजनिक

बिगत लामो समय देखि नेपाली गीत संगीत र सत्य तथ्य खबर सम्प्रेसन गर्दै आएको अनलाइन पत्रिका ओएसनेपाल डटकमले आयोजना गर्दै आएको ओएसनेपाल म्युजिक अवार्डको दोश्रो सस्करणको टप ५ मनोनयन सार्बजनिक भएको छ । कलाकार र सृजनाको सम्मान गर्ने हेतुले हुन लागेको ओएसनेपाल म्यूजिक अवार्डको दोश्रो सस्करणमा ७४ विधा समेटिएको छ । हाल सम्मकै सर्बाधिक विधा समेटिएको अवार्डको रुपमा ओएसनेपाल म्यूजिक अवार्ड परेको छ । अवार्डले कलाकारको उचित सम्मान हुने ओएसनेपालका संचालक तथा प्रबन्ध निर्देशक केश बहादुर कार्कीले बताएका छन् । गत बर्ष जस्तै यो पटक पनि हुन लागेको अवार्डले संगीत क्षेत्रमा योगदान पुर्याएका बिभिन्न व्यक्तिहरुलाई सम्मान समेत गर्ने अवार्डका संयोजक बिबेक कार्कीले बताए । अवार्ड समारोहमा केहि रंग पत्रकारहरुलाई सम्मान गरिने छ ।

७२ विधाका उत्कृष्ट ५ मनोनयन नामावली :