सेलिब्रेटी भन्छन, नेयमारको गोलले ब्राजिलले जित्छ

जुन १४ अर्थात् गत शुक्रबारबाट फिफा विश्वकपको २१औँ संस्करण सुरु भएको छ । ३२ राष्ट्रका टिमहरूको सहभागिता जनाएको यस प्रतियोगिताका कारण विश्व नै हल्लिएको अवस्था छ । पुरै विश्व नै खेलमा लिप्त भएको बेला नेपाल पनि अछुतो रहन सकेको छैन् ।
खेलप्रेमी नेपालीहरु सामाजिक संजालमा आफ्नो समर्थन रहेको टिमको बयान गर्नमा व्यस्त छन् । खेलको तेस्रो दिन आज राति ११:४५ बाट ब्राजिल र स्विट्जरल्यान्ड बीच खेल हुदैछ । खेल सुरु हुनु पुर्व नै खेलको नतिजा अनुमान लगाउन थालिएको छ । अझ विश्वकप विजेताको लागि दावेदार टिम ब्राजिलको खेल भएका कारण पनि धेरैको खेल प्रति उत्सुकता थपिएको देखिन्छ ।

आजको खेललाई लिएर नेपालका केही सेलिब्रेटी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुले आफ्नो अनुमान ब्यक्त गरेका छन् । आफू जुन टिमको समर्थनमा भएता पनि आजको खेलको लागी भने अधिकांशले ब्राजिलले नै बाजी मार्ने कुरा बताउँछन् । कसैले पुर्चुगलको खेलमा रोनाल्डो ह्याट्रिक गरेकाले आजको खेलमा पनि नेयमारले ह्याट्रिक गर्ने अपेक्षा व्यक्त गरे ।

फिल्मकर्मी
नायिका रेखा थापा खेल बराबर नहुने तर ब्राजिलको प्रतिद्वन्दी स्विट्जरल्यान्डलाई कमजोर सम्झिन नमिल्ने बताउँछिन् । ‘खेल हो हारजित भइहल्छ तर कसले जित्छ भन्न सकिन्न’, रेखाले भनिन् । नायक आर्यन सिग्देल जर्मनीका समर्थक हुन् । उनले यस खेलमा कसले जित्ने हो आकंलन गर्न चाहेनन् ।त्यस्तै, दीपकराज गिरी आज हुने खेलमा ब्राजिलले तिन गोल हान्ने दाबि गर्छन् । ‘आजको खेलमा ब्राजिलको लागि नेयामारले १ गोल गर्नेछन् भने समग्रमा ब्रजिलको ३ गोल हुन्छ’, दीपक भन्न्छन् ‘१ गोल चाही स्विट्जरल्यान्डले फर्काउछ ।’

कलाकार खगेन्द्र लामिछाने आजको खेलमा ब्राजिलले २ गोल गर्ने अनुमान लगाउँछन् । २ गोलमा १ गोल नेयमारले हान्ने र १ गोल स्विट्जरल्यान्डले फर्काउन सक्ने उनको अनुमान छ ।

नायिका वर्षा राउत, कलाकार तथा निर्देशक दीपाश्री निरौला, कलाकार जितु नेपाल र संगीतकार बसन्त सापकोटाको अनुमान खगेन्द्रसँग मिल्छ । जितु भन्छन् ‘खेल हो ३२ वटै देश राम्रो छन् कसैलाई कम भन्न मिल्दैन् । त्यहि पनि मेरो अनुमानमा ब्राजिल जित्छ भन्ने हो ।’

नायक प्रदीप खड्का ब्राजिलले २ गोल हान्ने र उक्त दुई गोल नेयमारले नै हान्ने अनुमान लगाउँछन् । ‘स्विट्जरल्यान्डको खेल पनि राम्रो छ त्यसैले १ गोल फर्काउन सक्छ’ प्रदीपले भने ।नायिका बेनिशा हमाल ब्राजिलले ३ गोल हान्ने अनुमान लगाउँछिन् । जसमा नेयमारले २ गोल हान्ने र स्विट्जरल्यान्डको गोल नहान्ने उनि बताउँछिन् ।

प्रियंका कार्की पनि आजको खेलमा ब्राजिलको जित हुने अनुमान लगाउँछिन् । ३ गोल गर्दा ब्राजिलका लागि नेयामरले १ गोल गर्ने प्रियंकाको अनुमान छ । उनका अनुसार स्विट्जरल्यान्डले १ गोल मात्र फर्काउने छ ।
संगीतकार अर्जुन पोखरेल र प्रियंकाको अनुमान मिल्न जान्छ । ‘हिजो मेस्सीसंग खेलप्रेमीको ठुलो अपेक्षा थियो जुन पुरा भएन । हामी समर्थनका आधारमा अनुमान लगाउने हो विश्वभरको दबाब ब्राजिलमा छ त्यसैले ब्रजिले राम्रो नाजिजा ल्याउने आश गरौँ ‘, अर्जुन पोखरेलले भने ।

निर्देशक दिवाकर भट्टराई आजको खेलमा नेयामरले ह्याट्रिक गर्ने अनुमान गर्छन् । आजको खेलमा ब्राजिलले ४ गोल गर्छ जसमा नेयामरको ह्याट्रिक सम्भावना छ । स्विट्जरल्यान्डले २ गोल फर्काउन सक्छ ।’

अर्जेन्टिनी फ्यान प्रमोद खरेल आज ब्राजिलको समर्थनमा छन् । उनको अनुमान अनुसार ब्राजिलले २ गोल हान्ने र स्विट्जरल्यान्डले गोल नगर्ने बताउँछन् । आजको खेलमा नेयमार गोल बिहिन हुने प्रमोदको अनुमान छ ।
त्यस्तै, निर्देशक बसन्त निरौला आजको खेलमा नेयामरले ह्याट्रिक गर्ने बताउँछन् । ‘३ गोल नेयामरले गर्ने हो स्विट्जरल्यान्ड गोल बिहिन हुने छ’, उनले भने ।

पत्रकारतर्फ

नयाँ पत्रिकाका कार्यकारी – सम्पादक उमेश चौहान आजको खेलमा स्विट्जरल्यान्डले जित्ने अनुमन लगाउँछन् । उनका अनुसार स्विट्जरल्यान्डले १ गोल गर्ने र ब्राजिल गोल बिहिन हुनेछ । ‘१ गोल गरेपछि स्विट्जरल्यान्डले रक्ष्यात्मक खेलेर ब्राजिललाई रोक्ने छ’, चौहानले भने ।

त्यस्तै, पत्रकार नारायण अमृत ब्राजिलले ३ गोल हान्दा स्विट्जरल्यान्डले १ गोल फर्काउने अनुमान लगाउँछन् । ब्राजिलको लागि नेयामरले १ गोल गर्ने उनको अनुमान छ । पत्रकार तथा फिल्म समिक्षक समिप्याराज तिमल्सिना र नारायण अमृतको अनुमान मिल्न जान्छ ।

खेलकुद पत्रकार अजय फुयाँल ब्राजिलले २ गोल हान्ने बताउँछन् । जसमा नेयमारले १ गोल गर्ने उनको अनुमान छ । स्विट्जरल्यान्ड गोल बिहिन हुनेछ । फोटो पत्रकार (खेल) उदितसिंह क्षेत्रीको अनुमान पनि अजयसँग मिल्छ ।
पत्रकार ऋषि धमला नेयमारले ब्राजिलको लागि २ गोल गर्ने अनुमान लगाउँछन् । ब्राजिलको लागि ३ गोल हुँदा स्विट्जरल्यान्ड गोल बिहिन हुनेछ ।

फोटो पत्रकार नरेन्द्र श्रेष्ठ ब्राजिलले ३ गोल गर्दा नेयमारले १ गोल गर्नेछन । खेलमा स्विट्जरल्यान्डले १ गोल फर्काउने छ । ब्राजिलमा धेरै राम्रो खेलाडीहरु भएको र यस खेल पश्चात उनीहरु पनि चर्चामा आउने श्रेष्ठ बताउँछन् । ‘ब्राजिलमा नेयमार मात्र हैन उनि जस्ता धेरै रामो खेलाडी छन् । यो खेल पछि उनीहरु पनि चर्चामा आउने छन्’, उनले भने ।

राज भाइ सुवाल ब्राजिलले १ गोल गर्दा स्विट्जरल्यान्ड गोल बिहिन हुने अनुमान लगाउँछन् ।

अन्य

बैंकर्स अनिल केशरी शाह ब्राजिलकोले ३-० को जित हुने अनुमान गर्छन । जसमा ब्राजिलको लागि नेयामरले १ गोल गर्नेछन र नयाँ खेलाडीहरु चर्चामा आउनेछन् ।

आइएमी ग्रुपका जनसम्पर्क व्याबस्थापन प्रमुख राजु पौडेल ब्राजिलले २ गोल गर्दा नेयमारले १ गोल गर्ने अनुमान लगाउँछन् । स्विट्जरल्यान्ड गोल बिहिन हुनेछ । ‘फुटबल भनेको अनुशासित र टिमवर्क बाट नतिजा निस्किने हो । त्यसैले अनुशासित ब्राजिल अलि बढी भएकाले जित्छ होला ।’

इक्यान अध्यक्ष विष्णुहरी पाण्डे ३ गोल ब्राजिलले गर्दा स्विट्जरल्यान्ड गोल बिहिन हुनेछ । ब्राजिलको लागि नेयमारले १ गोल गर्नेछन् । उनका अनुसार यस खेलबाट ब्राजिलका नयाँ खेलाडी जन्मिनेछन् ।

 

मेट्स एजुकेशनका प्रमुख प्रकाश पाण्डे ब्राजिलको २ गोल र स्विट्जरल्यान्डको ० हुने बताउँछन् । ब्राजिलको लागि नेयमारले १ गोल गर्नेछन् ।

नलेज मिडिया ग्रुपका प्रमुख कुमार थपलिया पनि २-० को अनुमान लगाउँछन् । ब्राजिलले २ गोल र स्विट्जरल्यान्ड ० हुने उनको अनुमान छ । उनि भन्छन ‘ब्राजिलमा नेयमार भन्दा राम्रो खेलाडी छन् । गोल उनीहरुले नै गर्नेछन् ।’