‘वीराङ्गना’ को ट्रेलर सार्वजनिक

शिल्पा पोखरेल र अनुप विक्रम शाहि अभिनित फिल्म वीराङ्गनाको ट्रेलर सार्वजनिक भएको छ । असार २९ मा देश भर रिलिज हुने फिल्मका निर्देशक राज बहादुर साने रहेका छन् ।

नारी प्रदान फिल्मलाई एक्शन जनरामा निर्माण गरिएको छ । बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता तथा देव तामाङ सह-निर्माता रहेको वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा शिल्पा र अनुपका अलावा पृथ्वी राज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।