सलमान रणवीर जुहारी

सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ ले यतिबेला निकै चर्चा कामिरहेको छ । रणवीरको अभिनयको पनि चौतर्फी तारिफ भैरहेको छ ।

तर केहि समय अगि सलमान खानले घुमाउरो पारामा रणवीरले सञ्जय दत्तको भूमिकामा न्याय गर्न नसकेको बिचार ब्यक्त गरेका थिए । ‘सञ्जय दत्तको भूमिका जो पायो त्यहीले गर्न सक्दैन, बरु यसमा उनी आफैंले खेलेको भए राम्रो हुन्थ्यो,’ सलमानले भनेका थिए ।

सलमानको उक्त भनाईको रणवीरले सरल तरिकाबाट जवाफ दिएका छन् । उनले भने, ‘संसारमा कुनै पनि बायोपिकमा सम्वधिक व्यक्ति आफैंले अभिनय गरेको मलाई थाहा छैन ।’ उनले थपे,‘मैले यति धेरै मिहिनेत यसअघि कुनै चलचित्रका लागि गरेको थिइनँ, यो मेरो जीवनकै चुनौतिपूर्ण भूमिका हो ।’