चिया खाइन् त रजनीले ? (भिडियो)

जेष्ठ २५ बाट अल नेपाल रिलिज भएको फिल्म ‘मट्टी माला’ को दोस्रो गीत ‘चिया खायौ’ सार्बजनिक भएको छ । गीतलाई सुन्दर लामा र संगीता थापाले गाएका छन् । गीतको शब्द छांगे ब्लोन तामांगको रहेको छ भने सुमन राईले संगीत भरेका हुन् ।

गीतमा राजेश पुमाको कोरियोग्राफी, राहुल राईको छायांकन रहेको छ । फिल्ममा बुद्धि तामाङ, रजनी गुरुङ, प्रियंका कार्की, पृथ्वी राई, शिशिर राणा, चिरन राई, संध्या श्रेष्ठ, अरुना कार्की, अर्जुन गुरुङ, बिनाद राई, बिक्रम लामा, लगायतका कलकारहरुको अभिनय हेर्न सकिन्छ । फिल्मको कथा तथा निर्देशन टेके पौरखी राईको रहेको छ भने सम्पादन अनिल कुमार महर्जनको रहेको छ । उक्त फिल्म पौरखी फिल्मस्को ब्यानरमा तयार पारिएको हो ।