‘मेरी मामु’ मा सारुक र अश्लेषा

निर्माता सन्तोष सेनले निर्माण गर्न लागेको फिल्म मेरी मामुमा मुख्य नायक तथा नायिका फाईनल गरेका छन् । निर्माता सेनले रानी डेब्यू नायक सारुक ताम्राकार र प्रेमगीत २ डेब्यू नायिका अश्लेषा ठकुरीलाई अभिनय गराउने भएका हुन । फिल्ममा सन्तोषकै छोरा आयुब सेन र नव नायिका कुसुम गुरुङ यस अगाडि नै फाईनल भैसकेका छन् ।

फिल्ममा नायिका भूवन चन्द, नव कलाकार दुर्गा मल्ल, बालकलाकार कृजन गौतम, शुभम बिष्ट लगायतका कलाकारहरुको फाईनल गरिएको छ । लेखन तथा निर्देशन याम थापाको रहेको फिल्म भदौ १५ गतेबाट विश्वव्यापी रिलिज गर्ने योजना निर्माण टिमको रहेको छ । फिल्म छायांकन हिजोबाट सुरु भएको छ ।