सांगीतिक कार्यक्रमबाट उठेको रकम बिरामीको उपचारमा

हरेक वर्ष ‘चांगेधर्ति आमा कोष’ को व्यानरमा ‘ सुमधुर सांगीतिक सौगात’ नामक कार्यक्रम हंगकंगमा हुने गरेको छ । कार्यक्रमबाट भएको आर्थिक संकलनमा आफ्नो व्यक्तिगत केहि रकम थपेर गीतकार भद्रकला आङबुहांङ राई दीनदुखीहरुलाई सहयोग गर्दै आएकी छन् । बिगतका वर्षहरुमा पनि थुप्रै बिरामीहरुको उपचारमा यिनी र यो संस्था संलग्न थियो । यसपाली पनि धेरैलाई सहयोग गर्ने उनको उद्देश्य रहेको छ ।

यो वर्ष हालसम्म बिमला लिम्बु ( रु २ लाख १० हजार) पुर्ण गुरुङ ( रु २ लाख) , चन्चला तामाङ( रु २० हजार) ,स्व. मंगलीमाया तामाङ (रु १० हजार), रुपेश श्रेष्ठ (१०हजार) र अन्य बिरामीहरुलाई रु ३० हजार प्रदान गरिंएको छ । कार्यक्रमबाट संकलित रकम बिरामीहरुलाई संस्थाका प्रतिनिधिहरु र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ संगीतकार श्री शम्भुजित बासकोटा र प्राज्ञ तथा संगीत विभाग प्रमुख लोकप्रिय गीतकार उन्नति बोहराको हातबाट प्रदान गरियो ।