गायिका वलीको कार्यकाल ४ बर्ष

गायिका तथा राष्ट्रिय सभा सदस्य कोमल वलीको सांसदिय कार्यकाल ४ वर्ष हुने भएको छ ।

तत्कालिन एमालेबाट राष्ट्रियसभा सदस्य बनेकी वलीको कार्यकाल आज भएको गोलाप्रथाबाट टुंगोलागेको हो । गोलाप्रथाबाट पहिलो १९ जना सभासदको कार्यकाल २ वर्षको, २० जनाको कार्यकाल ४ वर्षको र बाँकी २० जनाको कार्यकाल ६ वर्षको तय भएको हो ।