जान्वीको पारिश्रमिक किन यति कम ?

बलिउड चर्चित अभिनेत्री श्रीदेवीकी छोरी जान्वी कपूर फिल्म ‘धडक’बाट बलिउड डेब्यू गर्दैछन् । ट्रेलर रिलीज भएसँगै फिल्मको चर्चा परिचर्चा बढ्न थालेको छ । धर्मा प्रडक्सन र जी स्टुडियोको ब्यानरमा तयार भएको उक्त फिल्ममा जान्वीले एकदमै कम पारिश्रमिक लिएको खबर भारतीय भिडीयामा छाएको छ ।

फिल्मको लागि उनलाई निर्माताले ३० लाख रुपैँया मात्र दिएको खुलासा भएको छ । त्यस्तै उनीसँगै बलिउडमा डेब्यू गरेका अभिनेता इशान खट्टरलाई पनि निकै नै कम रकम दिएको खबर बाहिरिएको छ । जानकारी अनुसार ईशानलाई निर्माण टिमले ५० लाख दिएको छ । चलेको बलिउडका नायकहरुको पारिश्रमिक १५ करोड भन्दा माथि हुने गरेको छ भने नायिकाहरुको ५ करोड बढि हुने गरेको छ । पहिलो फिल्म भएको कारणले पनि जान्वी र ईसानलाई कम पारिश्रमिक दिएको हुन सक्छ । उसो त धडकले राम्रो रिभ्यु मिलेको छ भने यी दुई कलाकारको पारिश्रमिक बृद्धि हुने कुरामा कसैको पनि दुईमत छैन । फिल्ममा यी दुई प्रेमीको रोमान्सलाई देखाईएको छ ।