दया दाई फिल्म नपाएको कि नगरेको ?

दयाहाङ राईले केही महिना अगाडी सम्म पनि फिल्म क्षेत्रमा एकछत्र राज गरे । उनको लागि बर्षदिन पछीको डेट कुर्न पनि निर्माता निर्देशक तयार थिए । तर पछिल्लो समयको अवस्था त्यस्तो छैन ।

३० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका राईको पक्षमा छैन अहिलेको फिल्मी समय । उनले अभिनय गरेका फिल्मले हलसम्म दर्शक तान्न सकेका छैनन । केही समय अगाडी प्रदर्शनमा आएको फिल्म नेप्टेको त शो नै क्यान्सिल समेत भएको थियो ।

हाल उनले अभिनय गरेको फिल्म भैरेको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा उनले भनेका छन् मलाई पहिले फिल्मको स्टोरी मन परेको थिएन । यो मेरो टाइपको फिल्म होइन भनेर निर्देशक एभरेस्ट सुर्य बोहोरालाई भनेको थिएँ ।

उनले यो भनिरहँदा एक पत्रकारले उनलाई प्रश्न गरे, यहाँको फिल्मी व्यस्तता कम भएको हो ? ‘होला जस्तै लागेको छ’, उनको जवाफ थियो । ‘ग्याप गरौँ भनेर नै हो’ उनले भने । किन ? भन्ने पत्रकारको अर्को प्रश्नमा उनले प्रस्ट्याए, ‘मैले अभिनय गरेको यही फिल्म भैरे पनि अगाडी नै प्रदर्शन हुनु पर्ने भएन । अनि सबै जसो फिल्म रिलिज डेट सर्दै जाँदा एकै चोटी ३-४ ओटा फिल्म प्रदर्शनमा औउँदो रहेछ र आएका पनि थिए ।

त्यसैले पनि अब पहिले मैले अभिनय गरिसकेका फिल्मको रिलिज पर्खन्छु अनि नयाँ फिल्म गर्छु भन्ने सोच थियो । तर त्यस्तो हुन फेरी पनि सकेन ‘आप्पा’ फिल्मको सुटिङ सकेर आएँ । अब चाहिँ ग्याप गर्छु भन्यो टेक्निकल कुराले मिल्दै मिल्दैन । भैरे र आप्पा पछी दयाको हातमा २ फिल्म छन् त्यो बाहेक अरु कुनै फिल्मको अफरको चर्चा फिल्म वृत्तमा छैन । केहि महिना अगाडीसम्म उनको हातमा फिल्मका स्क्रिप्टको चाङ हुन्थ्यो ।

तर, लगातारको फ्लप ट्यागका कारण पनि होला खासै फिल्मी चर्चामा दया अटाउन सकेका छैनन् । फिल्मका कार्यक्रममा खासै उपस्थित नहुने दया आजभोलि भने देखिन थालेका छन् । पत्रकारका लागि समय छुट्याउन थालेका छन् । अलिक फुर्सदिला देखिएका दयालाई देखेर धेरैको मनमा प्रश्न उठ्न थालेको छ आखिर दया दाईले फिल्म नपाएको कि नगरेको ?