स्वेतालाई गर्मी लागेको कि चढेको ?

नेपालको राजधानी काठमाण्डौ पहिलेको जस्तो रहेन । शित्तल काठमाण्डौ अब गर्मीको पारोले तात्दैछ । यही तातोमा यहाँ मानिसहरु पनि मिसिदैछन् । गर्मीमा शित्तलता खोज्नुपर्ने दिन राजधानीमा आएको धेरै बर्ष भएको छैन ।

गर्मी बढ्दै जाँदा स्विमिङ पूलमा भिडभाड छ । स्विमिङ पूलको तस्बिरले फेसबुक पनि तातेको छ । अभिनेत्री स्वेता खड्काको स्विमिङ पूलको शित्तलताले फेसबुकलाई भने गर्मी बनाएको छ ।

स्वेताले गर्मी भएको भन्दै स्विमिङ गर्दै गरेको तस्बिर फेसबुकमा राखेपछि ती तस्बिरले अनलाइन मिडियामा स्थान पाए । ती अनलाइनमा स्थान पाएका खबरले स्वेताको फेसबुकमा फेरि स्थान पाए ।

स्वेतालाई गर्मी लागेको खबर अनलाइन मिडियामा आएपछि स्वेताले ती सबै समाचार शेयर गरेकी छिन् । सामान्य समाचारलाई नै शेयर गरेर स्वेताले म अझै पनि मिडियामा फोकसिङ छु भनेर जनाउन खोजेकी छिन् ।

स्वेताको तस्बिर तातो छ । पानी शित्तल भएपनि स्वेताले तस्बिरबाट तताएकी छिन् । स्वेतालाई उनका फ्यानले यति तातो गेटअपमा देखेका थिएनन् । स्वेताले स्विमिङ त यसअघि पनि गरेकी थिइन् होला, तर तस्बिर आएका थिएनन् ।

स्वेताको तस्बिर र मिडियाको क्रेज हेर्दा, उनलाई गर्मी लागेको कि चढेको भन्न सकिन्छ ।