मलेसियाका दर्शक भेडा हुन् र ?

के मलेसियामा बसेर दुख गर्ने नेपालीहरुलाई नेपालबाट जाने कलाकारले भेडा संझिन्छन् ? मलेसियामा बस्ने नेपाली गीत सुन्न, डान्स हेर्न भन्दा पनि नेपालबाट गएका आफूलाई सेलिव्रेटी भनाउँदाहरुको नांगो नाँच हेर्न आउँछन् भन्ने सोच्छन् उनीहरु ?

मलेसियामा यो साता आधा दर्जन विभिन्न नाम दिएर कार्यक्रम भएका थिए । यी कार्यक्रममा नेपालबाट गएका कलाकारले कला र छाला देखाए । कला देखाउनेले तारिफ पाए, छाला देखाउनेले अब सायद मलेसियाको भीसा नपाउलान् ।

गायिका ज्योती मगरले एक बर्ष अगाडि मलेसियाको सडकमा गएर नांगो नाच देखाउँदै वियर तन्काइन् । मदिराले लठ्ठ ज्योतीको त्यो हर्कले फेसबुकमा आलोचना भोग्यो । ज्योतीको बोल्ने भाषा, कामुक हाउभाउले उनलाई कलाकार भन्न दिदैनथ्यो ।

उनी जस्तै आफूलाई चर्चित डान्सर भन्ने रिया श्रेष्ठको लुट फिल्मको उध्रेको चोली गीतको डान्स यति भद्दा थियो कि, उनी कुनै कलाकार जस्तो नै लाग्दैनथिन् । उनले, मलेसियामा बस्ने दर्शक उनको डान्स भन्दा पनि उत्तेजिक हाउभाउ र भित्री बस्त्र हेर्न आउँछन् भन्ने सोचिन् ।

रक गायिका भन्दै आफूलाई चिनाएकी स्वघोषित गायिका सरस्वती लामाले मलेसियामा पुगेर आफ्नो रातो अन्डरवेयर खोलेर फाल्ने फेसबुकमा लेखिन् । उनको यो घिनलाग्दो हर्कतले फेसबुकमा आलोचना भोग्यो ।
आफूलाई डान्सर भन्ने तर नेपालमा नाम निशाना खासै नभएकी चन्दा दाहालले पनि मलेसियामा आयोजना भएको सांकृतिक कार्यक्रममा डान्स कम, अन्डरवेयर धेरै देखाइन् । चन्दालाई अब कुनै पनि कार्यक्रममा नबोलाउने खालका भनाई आइसकेका छन् ।

मलेसियामा बस्ने दर्शकले नेपाली कला र कलाकारलाई माया गर्छन् । तर, आफ्नो छाला देखाएर हुटिङ खोज्ने कलाकार उनीहरुलाई भेडा संझन्छन् ? छाला देखाउने कलाकारका नाममा विकृती फैलाउनेहरुलाई मलेसिया मात्र होइन, विश्वका सबै देशमा कार्यक्रमका लागि नबोलाए हुन्न ?