तेस्रो नेपाली म्युजिक भिडियो अवार्ड सम्पन्न

मलेशियाको क्वालालम्पुरमा संगीक्षा फिल्म्स् र ब्राईट भेन्चरद्धारा आयोजित तेस्रो नेपाली म्युजिक भिडियो अवार्ड २०१८ मा प्रतिस्पर्धामुलक ३० विधामा अवार्ड प्रदान गरिएको छ । कार्यक्रममा आधुनिक, लोक, दोहोरी, पप तथा राष्टिय भावनाले ओतप्रोत गीतको गीतकार, गायक, गायिका, संगीतकार, म्युजिक भिडियो मोडल, छायाँकार, निर्देशक, सम्पादकबीच प्रतिस्पर्धामा उत्कृष्ट ३० विधामा अवार्ड प्रदान गरिएको हो ।

अवार्ड समारोहमा आधुनिक विधातर्फ सर्वोत्कृट गायिकाको अवार्ड ताराबाजीबाट जुना प्रसाईंले, गायकको अवार्ड तर्की तर्कीबाट नारायण धितालले पाए । यस्तै गीतकारमा मेरो प्राण तिमि नैबाट होम न्यौपाने, आधुनिक संगीतकारमा पहिलो भेटैमाबाट दीपक भट्टराई, म्युजिक भिडियो सम्पादकमा तर्की तर्कीबाटै निशान घिमिरे, छायाँकार तर्की तर्कीबाट सुदिप बराल, मोडेल पुरुषबाट मेरो प्राण तिमि नै दृश्य सुवेदी, मोडेल महिला छोरी अन्माउँदा गीतबाट वर्षा शिवाकोटी र निर्देशकमा पुर्णिमाको रात मेरोबाट आदित्य बुढाथोकीले यो अवार्ड पाए ।

यस्तै राष्ट्रिय भावनाले अभिप्रेरित गीतमा जय नेपालबाट शिवजी लामिछाने (सिवाज)ले, नव गायन प्रतिभामा सेल्फी क्विनबाट रविना थापाले अवार्ड पाए । यस्तै पप गीततर्फ गीतकारमा सु स्वागतम गीतबाट नरेश भट्टराई, गायनमा पुरुष सु स्वगतमबाट अनिल सिंह, गायन महिलामा डम्फु गीतबाट मिङस लामाले अवार्ड जितेका छन् । पप गीत भिडियो तर्फ छायाँकारमा दिलको भितैमाबाट रामेश्वर कार्की, सम्पादकमा सेल्फी क्विनबाट भरत रेग्मी, मोडेलमा जानी नजानी मायाबाट आँचल शर्मा, भिडियो निर्देशकमा मुखौटाबाट निकेश खड्का बिजेता बनेका छन् ।

लोक गीत अवार्ड बिजेता तर्फ गायन पुरुषमा आधा गाग्री पानीबाट डिबी लोप्चन, गायन महिलामा सरर प्लेनमाबाट अमृता लुन्गेली मगर, मोडल पुरुष सरर प्लेनमाबाट संजिव ठकुरी, मोडल महिला शिर शिर बतासैलेबाट सुष्मा अधिकारी, सम्पादक बिउ खायो किरैलेबाट मिलन बिक र छायाँकारमा बिउ खायो किरैलेबाट बासु बराल र निर्देशकमा माछी कहाँ छबाट मिलन श्रेष्ठ रहेका छन् ।
यस्तै लोक दोहोरी गीततर्फ अवार्ड बिजेतामा गायन पुरुषमा फुल फुल्योबाट प्रकाश कटवाल, गायन महिलामा आधा गाग्रीबाट उमा श्रेष्ठ, लयमा दुखीको दैलोमाबाट नमराज ढुंगाना, शब्दमा छिनेको कम्मरबाट लिला श्रेष्ठ, नव प्रतिभा गायनमा जवानीको तिर्खाबाट स्मृति गौतम रहेका छन् ।

सोही कार्यक्रममा दुई पत्रकार सम्मानित भएका छन् । चलचित्र पत्रकारितमा अढाई दशक भन्दा लामो समयदेखि निरन्तर योगदान पर्याएको भन्दै सोही कार्यक्रममा राजधानी दैनिकका पत्रकार डब्बु क्षत्री र फिल्मी खबर सप्ताहिकका सम्पादक शान्तिप्रियलाई पत्रकारिता सम्मान २०१८ बाट सम्मानित गरिएको हो ।
विशेष प्रतिभा सम्मानबाट सोही समारोहमा विभिन्न कलाकर प्राविधिक सम्मानित भए । कार्यक्रममा गायक गायिका, गीतकार तथा मोडलहरु गीता देवी, रामहरी न्यौपाने, अर्जुन सुनाम, अमृत खाती, रमिला न्यौपाने, नेत्री डी पन्त, सपना गुरुङ, कुमार कार्की, रवी सिंह, अर्जुन रत्न भिकारी, शितल शर्मा, राजेन्द्र कुमार कार्की, प्रदीप रोक्का, अशोक धिताल, राजकुमार हुमागाई, कुमार न्यौपाने, शान्ता शिशिर, फडिन्द्र ठकुरी, सविता ढुंगानालाई विशेष प्रतिभा सम्मान प्रदान गरियो ।