बलिको बोका बन्दै तेरिया

भारतका राष्ट्रिय टेलिभिजनमा आउने २ चर्चित रियालिटी शो जितेकी तेरिया मगरलाई नेपाली सिनेमा खेलाउन धेरै निर्माताले चाहेका थिए । तर, तेरियाले काम गरिनन् । तर, तेरिया एक निर्माताबाट निर्देशक बन्न लागेका म्याक टेन कालुको फिल्ममा काम गर्दैछिन् । तेरियाका डान्स गुरु सुजन विश्वकर्माले भनेपछि उनी कालुलाई निर्देशक मान्न तयार छिन् ।

तेरियाले नेपालका जुनसुकै राम्रा ब्यानर र नाम चलेका हिरोको फिल्मबाट डेब्यू गर्न सक्थिन् । तर, तेरियाले यसो गरिनन् । आफ्ना डान्स गुरुको कुरा सुनेर उनी कालुलाई निर्देशक बनाउन तयार छिन् । यो सिनेमामा उनले सित्तमै काम गरिदिने बचन पनि दिएकी छिन् ।

सिनेमाको नाम मायाको मोल राखिएको छ । तेरियालाई लिएर कालुलाई हिट बनाउने सोच रहेको उनका गुरुले बताइसकेका छन् । कालुले निर्माण गरेको फिल्म पटुकी नेपालमा चलेन । यो फिल्ममा लगानी गरेर पनि कालुको नाम चलेन । कालु अब तेरियालाई हिरोइन बनाएर चम्कने सोचमा छन् । यो सिनेमामा कालुले आफ्नै छोरा बिर्जन मिजारलाई तेरियाको जोडी बनाउँदैछन् ।

कालु र बिर्जनका लागि तेरिया अब बलिको बोका बन्दै छिन् । किनकी, कालु नेपाली फिल्ममा चलेका निर्देशक होइनन् । उनले बनाएका पटुकी पनि दर्शकले हेरेकै हुन् । कालुका लागि तेरियाको यो डिसिजन उनको क्रेजका लागि घातक नबन्ला र ?