फिल्म ‘यो पागल मन’ को गीत सार्वजनिक

असार २९ गतेबाट प्रदर्शन हुने अभिनेत्री ऋचा सिंह ठकुरी स्टारर फिल्म ‘यो पागल मन’ को ‘मार्यो मार्यो’ बोलको गीत सार्वजनिक भएको छ । दयाराम पाण्डेको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको गीतमा कमल राइको कोरियोग्राफी रहेको छ । भिडियोमा अभिनेता विनोद न्यौपाने र अभिनेत्री ऋचालाइ देख्न सकिन्छ ।

कल्याण अधिकारी निर्देशित फिल्मलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । ऋचा र बिनोदका अलावा गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवरलगायतका कलाकारहरुको यस फिल्ममा अभिनय रहेको छ ।  अर्जुन पोखरेलको संगीत रहेको फिल्मलाई शम्भु सापकोटाले खिचेका हुन् । कमल राइको कोरियोग्राफी रहेको ‘यो पागल मन’ मा द्वन्द निर्देशन राजु किराँतीको रहेको छ भने सामिप्यराज तिमल्सिनाले पटकथा तथा संवाद लेखेका हुन् ।