जर्नालिस्ट बन्न चाहन्थिन् अभिनेत्री काजल

सिंघम फेम एक्ट्रेस काजल अग्रवाल ३३ बर्षकी भईसकेकी छन् । १९ जून, १९८५ मा जन्मेकी काजलले जर्नलिजमको अध्ययन गरेकी थिईन् । एक इन्टरभ्युको दौरान बच्चामा आफू टिभी जर्नलिस्ट बन्न चाहेको तर समयले आफूलाई एक्ट्रेस बनाएको बताइन । उनलाई फिल्म गर्नुभन्दा अगाडि एमबिए पढ्ने इच्छा जागेको थियो तर एक दिन उनले फिल्म “क्यु हो गया ना” को अडिसनको बारेमा सुनिन, अडिसन दिन गईन र उनी अडिसनमा सेलेक्ट पनि भईन् ।

काजलले २००४ मा रिलिज भएको फिल्म ‘क्यु हो गया ना’ बाट बलिउडमा डेब्यू गरेकी थिईन् । फिल्ममा उनले ऐश्वर्या रायको फ्रेन्डको भुमिका निभाएकी थिईन् । यस फिल्मले उनलाई त्यति फाईदा गरेन । यस पस्चात उनले तेलुगु फिल्म सुरु गरिन । २००७ मा लक्ष्मी कल्याणम नामक एक तेलुगु फिल्म गरिन् । फिल्ममा उनका अपोजिटमा साउथ एक्टर नन्दमूरी कल्याण राम थिए । यस फिल्मले पनि खासै त्यस्तो कमाल देखाउँन सकेन । काजलले पहिलो सफलता तलेगु फिल्म चन्दामामाबाट पाएकी थिईन ।

पछि उनले २००९ मा मगधीरा गरिन् । मगधिराले उनलाई तेलुगु फिल्ममा स्थापित गरायो । मगधीरामा उनको अपोजिट तेलगु फिल्मका स्टार रामचरण तेजा थिए । फिल्मले बक्स अफिसमा १०० करोड रुपैयाभन्दा ज्यादा कमाई गरेको थियो । यस फिल्मबाट काजल बेस्ट तेलगु एक्ट्रेसमा फिल्मफेयर अवार्डको नोमिनेसनमा परेकी थिइन् ।

धेरै तेलगु फिल्म पस्चात काजोलले २०११ मा रोहित शेट्टी निर्देशित हिन्दी फिल्म सिंघम गरिन् । फिल्ममा उनको अपोजिट अजय देवगन थिए । सिंघम २०११ को ब्लकबस्टर फिल्म बन्यो, जसले बक्स अफिसमा १४० करोड रुपैया कमाई गरेको थियो । सिंघम पस्चात काजलले २०१३ मा अक्षय कुमार स्टारर फिल्म स्पेशल २६ गरेकी थिईन् ।