दबंग ३ मा नयाँ नायिका इन्ट्री

सलमान खान आफ्नो फिल्ममा नयाँ अनुहार र कलाकार ल्याउने अभिनेताको रुपमा परिचित छन् । उनले सोनाक्षी सिन्हा, डेजी शाह, सूरज पंचोली, अथिया शेट्टी, कैटरीना कैफ जस्ता कलाकारहरुलाई बलिउडमा अवसर दिएका हुन् । अब उनको फिल्म दबंग ३ को तयारी चलिरहेको छ । सलमान यस फिल्ममा पनि कुनै नयाँ कलाकार खोजिरहेका छन् ।

सलमानले फाईनली एक नयाँ युवती तयार परिसकेका छन् । चर्चित हिन्दी र मराठी एक्टर तथा प्रोड्यूसर महेश मान्जरेकरकी छोरी अश्वमी मान्जरेकरलाई सलमानले आफ्नो फिल्ममा लिने भएका छन् । सलमानले शत्रुध्न सिन्हाकी छोरी सोनाक्षीलाई पनि दबंगमा चान्स दिएका थिए ।  अब दबंग ३ मा सलमानले अश्वमीलाई मौका दिईरहेका छन् । अश्वमीको भुमिका भने खुलाईएको छैन ।

महेश मान्जरेकर, सलमान खानका असल साथी रहेका छन् । दुबैले धेरै फिल्महरुमा एक साथ काम गरिसकेका छन् जसमा वाँन्टेड जस्तो ब्लकबस्टर फिल्म पनि सामेल छ । साथै दबंगमा सोनाक्षीको पिता बनेका छन् । उनको स्पेशल परफरमेन्सको निकै नै तारिफ गरिएको थियो । अब उनका छोरी दबंग ३ मा आउने भएकी छन् । यस खबरको पुष्टि गर्दै अरबाज खानले अश्वमीको लुक टेस्ट गरिसकेका र प्रोजेक्ट निकै नै आगि बढेको बताए । प्रोजेक्टको अफिशियल अनाउन्समेन्ट भने गर्न बाकि रहेको पनि अरबाजले बताए ।