नेपाली फिल्म कपी गर्दै बंगाली फिल्म इन्डस्ट्री (भिडियो सहित)

नेपाली फिल्मको इतिहास हेर्दा बलिउडबाट प्रभावित भएको देख्न सकिन्छ । फिल्म मात्रै नभएर गीत संगित पनि मिल्न गएको कुरा नकार्न सकिदैन । कतिपय हिन्दि फिल्म गीतहरुबाट इन्स्पायर भएको भन्दै नेपाली फिल्मका निर्माता निर्देशकले प्रयोगमा ल्याएको देख्न सकिन्छ भने कतिपय अवस्थामा नेपाली सिर्जना समेत अन्यत्र प्रयोग गरिएको छ । यसै सन्धर्भमा उदाहरणको रुपमा नेपाली फिल्म ‘दर्पण छाया’ को बंगाली कपीलाई लिन सकिन्छ ।

तुल्सी घिमिरे निर्देशित म्युजिकल रोमान्टिक फिल्म दर्पण छाया चोरी भएको छ । प्रनेर मानुस नामक बंगाली फिल्ममा  नेपाली फिल्म दर्पण छायाको पुरै कपि गरिएको छ । फिल्ममा म्युजिक, डाइलग, सिन सबै नै जस्ताको त्यस्तै रहेको देख्न सकिन्छ । फिल्म हेर्दा लाग्छ कलाकार र भाषामात्रै परिवर्तन भएको हो अरु सबै दर्पण छाया नै हो । दर्पण छाया २००१ मा रिलिज भएको हो भने उक्त बंगाली फिल्म २००३मा । लामो समयबाट युटुव प्रतिबन्धित रहेको बंगलादेशमा केहि समय अघि मात्रै यो रोक फुकुवा गरिएको थियो । युटुव संचालनमा आए सँगै पाइरेसीको कुरा बहिरिएको हो ।
फिल्म दर्पण छाया

कपी गरिएको बंगाली फिल्म