अनमोल कसको पछि ?

विश्वभर वल्डकपको रौनक छाएको छ । जुन १४ देखि सुरु भएको यस फुटबल मेलामा खेलप्रेमीहरु आफूलाई मन पर्ने टिमको समर्थन जनाइरहेका छन् । आफूलाई मन पर्ने टिमको जर्सीमा सजिएर युवाहरु आफ्नो टिमलाई समर्थन जनाईरहेका छन् ।

नायक अनमोल केसीलाई पनि वल्डकपको रौनकले नछोई रहन सकेन । धेरै नेपालीले उनलाई पच्छायी रहेको बेला उनी भने अर्जेन्टिना तथा मेस्सीको पछी छन् । उनी मेस्सी कै कारण अर्जेन्टिनाले वल्डकप जित्छ भन्ने सोच्छन । जर्मनी राम्रो टिम भए पनि यो पटक अर्जेन्टिनाको सम्भावना बढी रहेको उनी बताउछन । सबैको आफनो आफ्नो रुची हुने हुदा अर्जेन्टिना प्रतिको समर्थनलाई लिएर गरिने टिप्पणीलाई उनी सामान्य रुपले लिन्छन् । अनमोलको अप कमिंग फिल्म क्याप्टेन पनि फुटबल सँग नै सम्बन्धित रहेको छ ।