३ महिनामा कपिल शर्माको स्वरूप परिवर्तन

कमेडीयन कपिल शर्मा तीन महिनापछि  सार्वजनिक भएका छन् । लामो समय पछी उनी फ्यानसँग ट्वीटर मार्फट सम्पर्कमा आएका हुन् । कपिलले आफ्नो स्वास्थ्यबारे बताउँदै भने, ‘म पहिलोपटक मोटो भएको छु’  । यसै बीच कपिल एयरपोर्टमा देखापरेका थिए । उनको पछिल्लो तस्वीरले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिन्छ ।

उनको तौल पहिलाको भन्दा निकै बढेको छ । उनलाई तस्वीरमा चिन्न निकै गारो पर्ने देखिएको छ । उनी डिप्रेसनको सिकार भएका थिए । औषधीका कारण उनको शरीर सुन्निएको हुन सक्छ । यसअघिको उनको शरीरको बनावटको बारे शोमा आएका गेष्टले पनि तारिफ गर्ने गरेका थिए ।