नेपालीलाई क्षतिपूर्ति, बिदेशीलाई खै ?

चोरीको आरोपमा नेपाली गीत संगीत क्षेत्रमा विभिन्न किसिमका विवादहरु समय समयमा आउने गरेका छन् । कतिपय अवस्थामा आपसी सम्झौतामा समस्या समाधान भएको छ भने कुनै कुनै बिषय मुद्दाको रुपमा अदालत सम्म पुगेका छन् ।  फिल्म ‘कृ’ को गीत ‘यति यति पानी’ फिल्म सम्झनाको गीत ‘उकालीमा अघि अघि’ बाट चोरिएको भन्दै शम्भु प्रधानले मुद्दा दर्ता गरे पछि यस बिषयमा नेपाली संगीत बजारमा केहि समय चर्चा चल्यो । फिल्म कृले ११लाख क्षतिपूर्ति तिरेको थियो ।

त्यस्तै अन्य फिल्म तथा गीतहरु  शत्रु गते फिल्मको गीत रुपै मोहनी रुपै मोहनी, ‘डमरुको डण्डीबियो’को गीत ‘तितेपाते तितेपाते झ्याप झ्याप’ समेत विवादमा मुछीइसकेका छन् । यो त भयो नेपाल भित्रै गीत संगीत चोरीको अवस्था । अब कुरा आयो नेपाली गीत अन्यत्र चोरीको अवस्थाको बारेमा । नेपाली फिल्म दर्पण छायाको शिर्ष गीत बंगाली फिल्म प्रनेर मानुसमा राखिएको छ । संगीतकार रन्जीत गजमेर रहेको उक्त गीतको बारेमा संगीतकार स्वयम तथा सम्पूर्ण नेपाली सांगीतिक क्षेत्रको के अभिव्यक्ति आउछ, त्यो भने हेर्न बाकी छ । केहि समय अगाडी पाइरेसी बापतको क्षतिपूर्ति रकम ११ लाख प्राप्त गर्ने गीतमा समेत संगीत गजमेर स्वयम कै थियो ।
नेपाली गीत

बंगाली गीत