बलिउड अभिनेत्री जुही चावला बौद्धमा

बलिउड अभिनेत्री मोडल फिल्म प्रोड्युसर तथा पुर्व मिस इन्डिया जुही चावला काठमाण्डौको बौद्धमा देखिएकी छन् ।

उनले बौद्ध, प्रकृति तथा ध्वजा पताकाले अझै सुन्दर भएको भन्दै प्रसंसा गरेकी छन् । उनले आफ्नो फोटो सामाजिक संजालमा पोस्ट गर्दै नेपाल घुम्न आएको जानकारी दिईन् । उनको नेपाल आउनुको कारण घुमघाम नै हो ।